गुल्मीमा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते

Posted on: 08 Jul, 2017

असार २४, गुल्मी । केहि वेर अघि गुल्मीको रुरु गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका छन् । 

रिडीबाट वलेटक्सार तर्फ वालुवा लिएर आउँदै गरेको लु २ ख १८८ नम्वरको ट्रक पानी ट्याङकी भन्ने स्थान भन्दा केहि माथी सडकबाट करिव सय मिटर तल खस्दा ५ जना गम्भीर घाईते भएको गुल्मी प्रहरीले जनाएको छ ।

घटना स्थलमा पुगेका श्रृङ्गा प्रहरी चौकीका असाई मुक्ति पुनले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउँपालिका राज भन्ने स्थानका चालक अन्दाजी ४८ वर्षिय रनबहादु ढेंगा, छत्रकोट– ४ अगहा वजारका क्रमशः अन्दाजी ४८ वर्षिया तेजकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, विमला श्रेष्ठ र अर्घाखाँची वलकोट –२ का अन्दाजी ७५ वर्षिय दिलमान श्रेष्ठ गम्भीर घाईते भएका हुन् ।

घाईते पाँचै जनालाई पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको असई पुनले जानकारी दिए ।

ट्रक करिव सय मिटर तल खसेको छ । दुर्घटनाको कारण अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!