करेन्ट लागेर ३५ वर्षीय मोहनको मृत्यु

Posted on: 10 Jul, 2017

असार २६, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बा रहेका छन् । बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेन फेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका सुब्बाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । 

यसैगरी, मोरङको विराटनगर–१४ स्थित नयाँ आँखा अस्पतालनजिकै आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेको छ । बिहान ६ बजेतिर विराटनगर–१७ बस्ने ५० वर्षीय मोहमद रफिकलाई स्थानीयवासीले मृतावस्थामा भेटेपछि प्रहरीमा खबर गरेका थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!