पोखरामा खोलाले बगाउँदा दुई जना बेपत्ता

Posted on: 10 Jul, 2017

असार २६, पोखरा । पोखरामा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्  ।

पोखरा माहानगरपालिकाको चंखपुर् स्थित हर्पन खोलामा माछा मार्न गएका दुई युवालाई खोलाले  बगाउँदा बेपत्ता भएका हुन् ।  

माछा मार्न ५ जना गएपनि ३ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको पहिचान हुन नसकेको र उनीहरुको खोजिकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!