विश्व जनसंख्या दिवस बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईने

Posted on: 10 Jul, 2017

असार २६, डडेल्धुरा । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात २७ बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।

“ब्यबस्थित परिवार समृद्ध राष्ट्रको आधार” भने मुल नाराका साथ यो दिवस डडेल्धुरामा पनी अन्र्तक्रीया कार्यक्रमको आयोजना गरी मनाईने बताएको छ । 

सन १९८९ मा UNDP को Governing Council ले ११ जूलाईलाई विश्वको जनसंख्या दिवसको रुपमा मनाउन शिफारीस गरेको थियो ।

२१ डिसेम्बर १९९० मा संयुक्त राष्ट्रसंघको महासभाले  प्रस्ताब नम्बर ४५ र २ सय १६ मार्फत विश्व जनसंख्या  दिवस र यसका गतिबिधिहरुलाई नियमितता  दिई जनसांख्यिक गतिबिधिका मुद्धाहरु र यसको बाताबरण र बिकास संगको अन्तरसंबन्ध बारेमा जनचेतना गराउने निर्णय गरेको थियो ।

यस बर्ष ब्यबस्थित परिवार बनाउन परिवार नियोजनका साधनहरु ल्गायतका बारेमा छलफल गरीने आयोजक जिल्ला समन्वय समिती डडेल्धुराले जनाएको छ ।

नेपालमा  बिबाहित महिला मध्ये ५३ प्रतिशतले  परिबार नियोजको साधन अपनाई रहेका छन् भने ६९ प्रतिशत माग पूर्ति  भैरहेको यो क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले एक प्रतिबेदनमा देखाएको छ ।

डडेल्धुरामा परिवार नियोजनका साधनको प्रयोग दर  ३५  प्रतिशत मात्र रहेको जनाएको छ । भने दशमा ३ जनालाई पुगेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!