पोखराको हर्पन खोलामा हराएका युवाको खोजीमा संलग्न प्रहरी पनि डुबे

Posted on: 11 Jul, 2017


असार २७, कास्की । पोखरा महानगरपालिकास्थित चंखपुरको हर्पन खोलामा माछा मार्न गएका दुई युवा हराएपछी उनीहरुको खोजीमा गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । 

हराइरहेका मध्ये पोखरा लेखनाथ महानगरपालिका–३ नदीपुरका ललित पुन भेटिएपछी उनलाई निकाल्न गएका प्रहरी जवान पर्बत घर भई हाल पशिचम ससस्त्र प्रहरी गण पोखरामा कार्यरत बल बहादुर कुवर डुबेका थिए ।

कुवरलाई तत्काल उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन । 

पोखराबाट ७ जनाको समूह माछा मार्न गएकोमा पामे नजिकैको चंखपुरस्थित खोलाले बगाएर सोमबार दुई जना बेपत्ता भएका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!