श्रीकृष्ण प्रणामी मन्दिर द्धारा जनप्रतिनिधिहरुलाइ सम्मान

Posted on: 11 Jul, 2017


असार २७ पोखरा 

पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर द्धारा नव निर्वाचित जनप्रतिनिधिलाइ एक कार्यक्रम गरि सम्मान गरेको छ ।  सम्मान कार्यक्रममा बोल्दै पोलेमनपा वडा न ८ का अध्यक्ष रुदनाथ बरालले जनताको काम गर्न आफु हर प्रकारले कोशिस गर्ने बताए । कार्यक्रममा बोल्दै पोलेमनपा वडा न ८ का महिला सदस्य किरण गौतमले टोलको बिकाशमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताइन । पोलेमनपा वडा न ८ का  सदस्य कृष्ण मान ठुसाजुले महानगर सग समन्नवय गर्दै वडा न ८ फोहोरमैला मुत्त बनाउने प्रतिबद्धता ब्यक्त गरे ।  त्यस्तै गरि बिश्व हिन्दु महासंघका पोलेमनपा वडा न ८ का अध्यक्ष जमुना सुबेदीले पछिल्लो क्रममा  नेपालमा धर्म परिबर्तनको क्रम बढ्दै गहिरेकोले यसलाइ रोक्नुपर्ने बताइन । श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष बलराम सुबेदीले असार ३० गते देखि श्रावण ३० सम्म श्रीमद् वीतक भागवत श्रीकृष्ण कथा चल्ने भएकोले सम्पुर्ण पोखरेली लाइ कथा श्रवणका लागि आग्रह गरे ।  श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष बलराम सुबेदीको अध्यक्षतामा भएको कार्यक्रको संचालन समितिका सचिव इन्द्र बहादुर कार्कीले संचालन गरेका थिए  ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!