खोलामा मृत भेटिएकी गिताको बलात्कारपछि हत्याको आशंका

Posted on: 11 Jul, 2017


प्रेम सुनार/असार २७, गुल्मी । हिजो दिउँसो बाग्लुङको बढिघाट खोालमा भेटिएको एक महिलाको शव पहिचान भएको छ । 

उनि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१, साविकको पौदीअमराई– की ३५ वर्षिय गीता नेपाली भएको खुलेको हो । महिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ साविक पौँदी अमराई गाविस( ९ की वर्ष ३५ की गीता नेपालीको भएको खुलेको हो ।

गुल्मीकै साविक ईस्मा गाविसमा विवाह भएको र १३ वर्षकी एक छोरी त्यस मुनी ३ भाई छोराहरुको जन्म भएको र  आफनो लोग्नेसंग राम्रो सम्वन्ध नभएका कारण मृतक गीता माईती घर नजिकै छाप्रो बनाएर बस्ने गरेको स्थानियले बताए ।

यसरी माईतीको शरणमा बस्दै आईरहेकी गीताको नाम नखुलेका एकजना युवासंग लसपस रहँदै आएको छिमेकीले बताए । त्यही क्रमा गिता आईतवार उनकी भाउजू सीता नेपाली पारी वाग्लुङ्गमा पर्ने लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न गएका थिए ।  

साँझ घर फर्किने क्रममा सोही पुलमा काम गर्ने बताईएका एक जना कामदारको फोन आएपछी म एक छिनपछी आउछु भनि भाउजूलाई पठाएर मृतक गीता त्यहि बसेको श्रोत भन्छ । धेरैबेर सम्म गीता नआएपछी भाउजू सीताले गीताको मोबाईलमा फोन गर्दा स्वीजअफ भनेपछी भोलि भेट भैहाल्ला नि भनेर उनि मात्र घर गएको बताईएको छ ।

समाचार श्रोतका अनुसार, मृतक गीता र त्यस युवकवीच निकट सम्वन्ध भएका कारण पटकपटक फोनमा कुराकानी, भेटघाट, बसउठ भैरहने गथ्र्यो । दुबैवीच अवैध सम्वन्ध भएकै कारण यो घटना घट्न गएको व्यापक चर्चा बाहिर आएको छ ।

दुबैवीचको अनैतिक यौन सम्पर्कबाट गर्भ रहन गएपछी यो घटना भएको स्थानीयले आशंका गरेका छन् भने बलात्कारपछी हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने पनि स्थानीयमा चर्चा चलेको छ । 

उनको शव हिजो विहान वाग्लुङ्गको खरवाङ्ग नजिकै बढिघाट खोलामा फेला परे पछि निकै जोखिम मोलेर ईलाका प्रहरी कार्यालय खर्वाङ्गले खोलाबाट बाहिर निकालेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!