विश्व जनसंख्या दिवस डडेल्धुरा पनि मनाइयो

Posted on: 11 Jul, 2017

असार २७, डडेल्धुरा । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात मंगलबार विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

 ‘व्यवस्थित परिवार समृद्ध राष्ट्रको आधार’ भने मुल नाराका साथ यो दिवस डडेल्धुरामा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको हो ।

 सन १९८९ ग्ल्म्ए को गभरनिङ काउन्सीलले ११ जुलाईलाई विश्वको जनसंख्या दिवसको रुपमा मनाउन शिफारीस गरेको थियो ।

 २१ डिसेम्बर १९९० मा संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताब नम्बर ४५ र २ सय १६ मार्फत विश्व जनसंख्या दिवस र यसका गतिविधिहरुलाई नियमितता दिई जनसांख्यिक गतिविधिका मुद्धाहरु र यसको वातावरण र विकास संगको अन्तरसम्बन्ध बारेमा जनचेतना गराउने निर्णय गरेको थियो ।

यस बर्ष व्यवस्थित परिवार बनाउन परिवार नियोजनका साधनहरु लगायतका बारेमा डडेल्धुरामा छलफल गरिएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ ।

नेपालमा विवाहित महिला मध्ये ५३ प्रतिशतले परिवार नियोजको साधन अपनाई रहेका छन् भने ६९ प्रतिशत माग पूर्ति भैरहेको यो क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले एक प्रतिवेदनमा देखाएको छ ।

 डडेल्धुरामा परिवार नियोजनका साधनको प्रयोग दर ३५ प्रतिशत मात्र रहेको जनाएको छ । भने दशमा ३ जनालाई पुगेको छैन । कार्यक्रमको आज बिहान ८ बजेबाट रेडियो युनिटीले प्रत्यक्ष प्रशारण समेत गरेका थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!