मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु

Posted on: 12 Jul, 2017

असार २८, पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ । 

पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनडाँडामा मंगलबार साँझ दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो । 

हार्थोक प्रहरी चौकीका अनुसार तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि एकसय मिटर तल खसेको छ । ओलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने घटना बढ्न थालेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!