मन्थलीमा वृक्षारोपण कार्य सम्पन्न

Posted on: 12 Jul, 2017


निरोजकुमार थापा/असार २८, रामेछाप । रामेछापको मन्थलीमा बुधबार वृक्षारोपण गरिएको छ । 

जिल्ला युवा समिति रामेछापको आयोजनामा सहिद स्मृति क्याम्पसको परिसरमा गरिएको वृक्षरोपणमा विभिन्न जातका करिब २ सय विरुवा रोपिएको हो ।

विद्यार्थीलाई वातावरण मैत्री शिक्षाको लागि विद्यालय क्षेत्रमा नै बृक्षारोपण गरिएको जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाशकुमार कार्कीले बताए । स्वच्छ र हराभरा मन्थली बनाउने उदेश्यका साथ विद्यार्थीलाई बोट विरुवाको महत्व बुझाउन स्कुलमा वृक्ष रोपण गरिएको उनको भनाई छ । 


युवा समितिले बाताबरण स्वच्छ राख्ने उद्देश्यका साथ रोपेको विरुवा अब विद्यालयले रेखदेख गर्नेछ । वृक्षरोपणमा विद्यालयका शिक्षक, बिद्यार्थी लगायतको उल्लेख्य सहभागिता थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!