करेन्ट लागेर एक युवकको मृत्यु

Posted on: 12 Jul, 2017

असार २८, पर्सा । विज्ञापन पाटी राख्न लागेका युवकको आज अपराह्न्न करेन्ट लागेर वीरगन्जमा मृत्यु भएको छ । 

वीरगञ्जको घण्टाघर लिंक रोडस्थित एस डेभलेपमेन्ट बैंकको पाटी लगाउने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १८ वर्षीय जयराम साह कानूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रराज जोशीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!