दैलेखमा खोलाले बगाएर एकजनाको मृत्यु

Posted on: 12 Jul, 2017

असार २८, दैलेख । दैलेखको छामघाट खोलाले बगाएर एक जनाको ज्यान गएको छ । 

भैरबी गाउँपालिका–२ का ४२ वर्षका बमबहादुर बिष्टको छामघाट खोलाले बगाएर ज्यान गएको प्रहीले जनाएको छ । 

बुधबार बिहान साढे ९ बजेतिर बरमतडाघाटबाट खोला तर्ने क्रममा छामघाट खोलाले बिष्टलाई बगाएको थियो । खोलाले बगाएका बिष्टको कोटिला मन्दिर नजिक शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!