घुस लिएको अभियोगमा वडा सचिव पक्राउ

Posted on: 12 Jul, 2017

असार २८, पर्सा । सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरामाइ गाउँपालिका वडा नं ६ का वडा सचिव दीपक खनाललाई आज पक्राउ गरेको छ । 

आयोग क्षेत्रीय कार्यालय मकवानपुरबाट खटिएको टोलीले सेवाग्राहीलाई आप्mनो डेरामा बोलाएर खनालले रु ३० हजार घुस लिँदै गरेको अभियोगमा पक्राउ गरिएको आयोगका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । 

बाल विकास कोषको रु ९२ हजार निकासा गर्न सामाजिक परिचालक सतार मियाँसँग खनालले घुस मागेको आरोप लगाइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!