नदीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

Posted on: 13 Jul, 2017

असार २९, धनगढी । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदी मोहनाको त्रिवेणीघाटमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । 

कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा फेला पारिएको छ । मृतक बालक वीरबहादुर चौधरीका छोरा हुन् । बुधबार दिउँसो साथीहरुसँगै नुहाउन भनी उनी मोहना नदीतर्फ गएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!