कुलेखानी–फाखेल यातायात सञ्चालन

Posted on: 15 Jul, 2017


असार ३१, हेटौँडा । हेटौँडा–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत पर्ने सिस्नेरीको थिङडाँडामा आज बिहान करिब २ बजे पहिरो जाँदा हेटाँैडा–काठमाडौँको यातायात सेवा अवरुद्ध भएको छ । 

सो बाटो अवरुद्ध भएकाले वैकल्पिक रुपमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–फाखेल सडकबाट आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

सिस्नेरी सडकखण्डको थिङडाँडाको पहिरो हटाउन डिभिजन सडक कार्यालयबाट दुई डोजर त्यसतर्फ पठाइको र मौसम सुधार भएमा आजै अपराह्नदेखि यातायात सेवा सञ्चालन गर्ने लक्ष्य रहेको प्रजिअ नारायणप्रसाद शर्मा दवाडीले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!