रामेछापमा बाढिले बगाउँदा ५ जना बेपत्ता, ३ जना गम्भिर घाइते

Posted on: 16 Jul, 2017


साउन १, रामेछाप । रामेछापमा बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् ।

गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानाको छत्तिउने खोलामा मध्यराति आएको बाढीले बगाउँदा ५ जना बेपत्ता ३ जना घाइते भएको रामेछापका डिएस्पि कुमोद ढुङ्गेलले जानकारी दिए । 

घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी गरिएको उनले जानकारी दिए । सडको काम गर्नका लागि अस्थायी घर बनाएर बसेका ११ जना सम्पर्क बिहिन रहेको स्थानिय पुरुषोतम कडेरियाले जानकारी दिए ।

प्रहरीका अनुसार ३ जना भेटिएका छन् । उनले छत्तिनेखोलाको बाढिले छत्तिनेखोलाको पुल र खिम्ति खोलाको सिंचाई पुल, घर र खेत पनि बगाएको जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!