रामेछापको खिम्तीमा बाढी: २ मृत फेला, बेपत्ता हुनेको खोजि जारी

Posted on: 16 Jul, 2017


साउन १, रामेछाप | पूर्वी रामेछापको खिम्तीमा मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीमा परि २ जना मृत फेला परेका छन् भने अझै केहि बेपत्ता छन् । 

खिम्तीको छतिउने खोलामा आएको बाढीमा परेका मध्ये बाल कुमारी खत्रीको घटनास्थलमा र जयप्रकाश (बासु) कार्कीको हलेदेबेसीमा शव फेला परेको छ । बाढीमा परि केहि घाइते भएका छन् जसमध्ये ९ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याई वीर हस्पिटलको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । ९ जना घाइतेहरुमा ५० बर्षीय कुमार खत्री, ४० बर्षीय सुन्तली खत्री, ४५ बर्षिया राधा खत्री, १९ बर्षीय भगवती खत्री, २ बर्षीय प्रसिशा खत्री, १७ बर्षीय बिशाल थापा, २५ बर्षीय झक बहादुर घर्ति, १९ बर्षीय रुदु गुरुङ र १४ बर्षीय लक्ष्मी खत्री रहेका छन् ।


बाढीले घर गोठ बगाउँदा दर्जनौ पशुचौपायाको शव यत्रतत्र छरिएका छन् भने अझै कति बेपत्ता छन् एकिन हुन सकेको छैन । बाढीले पुल बगाएपछि दोलखा –ओखलढंगा सडक अवरुद्ध भएको छ ।

तश्विर: प्रज्वल पौडेल/काठमाडौँ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!