अर्घाखाँची अदालत मुद्धा फर्च्यौटमा अग्रपंतिमा

Posted on: 17 Jul, 2017


साउन २, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँची कुल ८५ प्रतिशत मुद्दा फैसला गरि मुद्दा फैसलामा अर्घाखाँची जिल्ला अदालत लुम्विनी अञ्चलमा पहिलो भएको जिल्ला न्यायाधीश केशब बास्तोलाले जानकारी दिनुभएको छ ।

जिल्ला अदालत अर्घाखाँचीमा दर्ता भएका मुद्दाको एक तिहाइ सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । गएका वर्षमा जस्तै सम्बन्धबिच्छेद गर्ने दम्पतीको सख्यामा यस वर्ष पनि बृद्धि भएको छ ।

०७३ सालको साउनदेखि ०७४ को असार २९ सम्ममा कुल २ सय ६९ मुद्दा दर्ता भएकोमा ९१ मुद्दा सम्बन्ध बिच्छेदका रहेको जिल्ला अदालतका न्यायाधीश बास्तोलाले बतायनुभयो । यसवर्ष ९१ जोडीले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएकोमा ८५ जोडीको सम्बन्ध बिच्छेद भएको र ८ मुद्दाको फैसला हुन बाँकी रहेको छ ।

सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका छन् । जसमा झण्डै ८० प्रतिशत त्यही उमेर समूहका छन् । बाँकी २० प्रतिशत ३० वर्ष माथिका छन् ।

सम्बन्ध बिच्छेद पछि सबैभन्दा बढी मुद्दा अंश मुद्दा रहेको छ । अंशका ४३ मुधा दर्ता भएका मध्ये ३५ मुधा फर्छयौट भएका छन् ।

 माना चामलो मुद्दा ३१ परेका छन् । सबै मुद्दा मध्ये ८५ प्रतिशत मुद्दा फैसला भएको जिल्ला अदालतका नायब सुब्बा टेकराज गैरेले बताउनु भयो । सबै गरि एक वर्षको समयमा २ सय ६९ मुद्धा परेकोमा २ सय २९ मुद्दा फैसला भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!