मोरङमा चट्याङ लागेर आमाछोरीको मृत्यु

Posted on: 19 Jul, 2017

साउन ४, मोरङ । मोरङमा चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।

बुधबार विहान लेटाङ नगरपालिका-२ स्थित पुरानो बजार निबासी ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीय छोरी सुष्माको चट्याङ लागेर मृत्यु भएको हो ।

खेतमा काम गरिरहेको अवस्थामा विहान ७ बजे मुसलधारे पानीसहित परेको चट्याङ्ले लागेर आमाछोरी घाइते भएका थिए ।

घाइते आमाछोरीलाई उपचारका लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए लगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!