श्रीमतीले कोदालोले हानेर श्रीमानको हत्या गरिन्

Posted on: 19 Jul, 2017

साउन ४, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमको धुलाबाङमा शिव जिसीको हत्या भएको छ । मंगलबार राति शिवलाई श्रीमती रञ्जनाले घरमै कोदालोले हानेर मारेको प्रहरीले जनाएको छ ।  

घरायसी विवाद हुँदा रञ्जनाले श्रीमानलाई कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो । हत्या गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको उहाँले बताउनुभएको छ । 

घटनामा संलग्न रञ्जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!