समयमा स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु

Posted on: 19 Jul, 2017

साउन ४, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकामा समयमा नै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान गएको छ । 

समयमा नै स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा नौकुण्ड-६ सस्र्युङकि ३४ बर्षीय फूलमाया घिसिङको ज्यान गएको हो । 

मंगलबार राति घरमै साढे आठ बजे बच्चा जन्माएकी घिसिङको साल नखसेपछी बुधबार बिहान ३ बजे ज्यान गएको छिमेकी शैलेश लोप्चनले जानकारी दिए । 

अहिलेसम्म शिशुकोको अबस्था सामान्य रहेको छ । घिसिङले यस अघि २ छोरीको जन्म दिइसकेकी छिन ।

स्वास्थ्य चौकी घरबाट टाढा र सडकमा गएको पहिरोले सुत्केरी गराउन स्वास्थ्य चौकी लैजान गाह्रो भएको लोप्चनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!