प्यूठानमा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु

Posted on: 19 Jul, 2017

स्मृती घर्ती मगर/साउन ४, प्यूठान । प्यूठानमा गएको एक वर्षमा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । 

२०७३ साल साउनदेखि २०७४ असार मसान्त सम्ममा ३९ सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको वताइएको छ । सवारी दुर्घटनामा परी ८ जना पुरुष, ७ जना महिला, २ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले कार्यलय प्यूठानले जानकारी दिएको छ । 

दुर्घटनामा परी पुरुष ३० जना, महिला ५ जना, वालक ३ जना र वालिका ४ जना गरी  ४२ जना गम्भीर घाइते भएका छन्। त्यस्तै सवारी दुर्घटनामा पुरुष १७ जना, महिला ३ जना र वालक १ जना गरी २१ जना सामान्य घाइते भएको जनाइएको छ ।

२०७२/०७३ को तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी हवल्दार संकर चाैधरीले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!