प्रसिद्ध सुपादेउराली मन्दिरमा कुर्सी र कार्पेट सहयोग

Posted on: 20 Jul, 2017


साउन ५, अर्घाखाँची । नेपालकै प्रशिद्ध सुपादेउराली मन्दिरमा आउने दर्शनार्थी हरुलाई बस्न र मन्दिर वरिपरि खाली खुट्टामा हिडन अप्ठ्यारो भएको महसुस गरि सन्धिखर्क नगरपालिका १ निबासी राम बहादुर बस्नेत र माया बस्नेतले आफ्नो १ लाख १४ हजारको लगानिमा मन्दिर परिसरमा स्टिलका ६ वटा कुर्सी र ५५ मिटर कार्पेट सौजन्य गर्नुभएको छ ।

बस्नेत पश्चिम नेपाल बस ब्यबसायी संघका सदस्य तथा अर्घाखाँची रुट इन्चार्ज हुन ।

मन्दिर भित्र जुत्ता फुकालेर मोजासित जाँदा हिलो भैइ फोहोर भएकोले भक्तजनलाई सजिलोको होस भन्ने उद्देश्यले सहयोग गरेको बस्नेत दम्पतीको भनाई रहेको छ ।

दैनिक हजारौं भक्तजन हरुले दर्शन गर्न आउने मन्दिरमा भक्तजनहरुलाई सजिलो भयो भने मात्र दर्शन गर्न आउने भक्तजन बढने र सो आम्दानिबाट अन्य सामाजिक, शैक्षिक कार्यहरुमा विकास गर्न सजिलो हुनुको साथै अर्घाखाँची जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने विश्वास गरिएको छ ।

पहिला पहिला भन्दा मन्दिर क्षेत्रमा सम्पुर्ण व्यवस्थापन चुस्त दुरुस्त पारिएको छ । भक्तजनहरुको चापलाई ध्यानमा राखी सबारी साधन पार्किङको लागि थप व्यवस्थापन गर्न पर्ने महसुस भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!