डोटीमा पहिरोले घर भत्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

Posted on: 21 Jul, 2017

साउन ६, डोटी । डोटीको सायल गाउँपालिका-१ मा अबिरल वर्षाका कारण पहिरोले घर भत्काउँदा एक बालिकाको ज्यान गएको छ ।

बिहीबार राति भएको उक्त घटनामा साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयबासीले बताएका छन् । घरमा सबै सुतिरहेका बेला मध्यरातमा घरमाथिबाट पहिरो आएपछि घर भत्किएको थियो । 

सिकिस्त घाइते हरिमल भुल र उनकी श्रीमति जमुनालाई स्थानीयबासीहरुको सहयोगमा उचारका लागि कैलालीको धनगढी लगिएको बताइएको छ। भुलका एक छोरा र एक छोरी भने सकुशल रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!