३५ औँ विपी स्मृति दिवस डडेल्धुरामा पनि मनाइयो

Posted on: 21 Jul, 2017

साउन ६, डडेल्धुरा । ३५ औँ विपी स्मृति दिवस आज डडेल्धुरामा पनि विभिन्न कार्यालयको आयोजना गरि मनाइएको छ ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस डडेल्धुराले उपक्षेत्रीय अस्पताल र दियालो अस्पताल डडेल्धुराका विरामीहरुलाई फलफुल वितरण गरेका छ । दुई अस्पालमा बेड भर्ना भएका सय जना विरामीलाई फलफुल वितरण गरिएको हो ।

देशैभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइ रहदा आफुहरुले पनि डडेल्धुरामा फलफुल वितरण गरेर दिवस मनाएको नेपाली कांग्रेसका उपसभापतिले करुणाकर भट्टले जानकारी दिएका छन् ।

सोहि दिवसको अवसरमा डोटीको गैरामा आगन्तुक पर्यटक तथा यात्रुहरुको स्वागतका लागी साइन बोर्ड समेत लगाएक भट्टले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!