मुक्त हलियाका सवालका बारेमा जनप्रतिनिधि संग अन्तक्रिया गरिने

Posted on: 21 Jul, 2017

साउन ६, डडेल्धुरा । डडेल्धुराका मुक्त हलियाका सवालका बारेमा नवनिर्वाचित जनप्रतिनिधि संग अन्तक्रिया तथा छलफल गरिने भएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडीएसडब्युओ) डडेल्धुराको अगुवाईमा जिल्ला मुक्त हलियाका सवालका बारेमा नवनिर्वाचित जनप्रतिनिधि संग अन्तक्रिया तथा छलफल गरिने भएको हो ।

जिल्ला स्तरिय मुक्त हलिया पुनस्थापन समन्वय समितिको आज बसेको बैठकले जिल्लका अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि संग मुक्त हलियाका सवालका बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको जिल्ला स्तरिय मुक्त हलिया पुनस्थापनका लागि समन्वय समितिका संयोजक तुलाराम सार्कीले जानकारी दिएका छन् ।

 यस्तै बैठक यो महिनाको अन्ततिर जिल्लाको अजयमेरु गाउँपालिका भित्र रहेका मुक्त हलियाको अवस्थाका बारेमा जिल्लाका सरोकारवालाहरुले अनुगमन गर्ने समेत निर्णय गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!