सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रम

Posted on: 21 Jul, 2017

साउन ६, डडेल्धुरा । अजयमेरु गाउँपालिका स्थित वडा नं १ समैजी डडेल्धुराको सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

पार्दशिता, सुशासन जवाफदेहिताका लागी भन्दै वडा नं १ समैजि को कार्यालयले उक्त कार्यक्रमको गरेको हो ।

कार्यक्रममा अजयमेरु वडा नं १ समैजी डडेल्धुराका वडा सचिव पुष्पराज जोशीले आर्थिक वर्ष २०७३÷०७४मा सम्पन्न भएको बार्षिक कार्यक्रमको ३० लाख बराबरको बजेट प्रस्तुत  गरेका थिए ।

सार्वजनिक सुनुवाईमा वडामा सम्पन्न भएका कार्यक्रमका बारेमा सहभागीले सवालजवाफ, गुनासो तथा टिप्पणी गरेका थिए । यस्तै वडा नं १ को बिभिन्न क्षेत्रमा सडकहरुको समस्या रहेको भन्दै सो सडक निर्माण गर्र्ने योजनाको बारेमा बिशेष पहल गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरेका छन् ।

गाँउमा देखिएका शिक्षा, स्वास्थ्य, कृषि, का समस्या र अवसरका बारेमा पनि सहभागीहरुले आफ्ना जिज्ञासा राखेका थिए ।

सहभागीहरुले उठाएका सवाल जवाफहरुलाई मध्यनजर गर्दे आफ्ना गाँउठाँउका समस्याहरुलाई समाधान गर्न तर्फ आफु सदैव लागी पर्ने अयजमेरु गाँउपालिकाकी उपाध्यक्ष कलावती भाणले प्रतिबद्धता व्यक्त गरिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!