पाँच दिनदेखी हराएका अर्घाखाँचीका युवक काठमाण्डौमा भेटिए

Posted on: 24 Jul, 2017

जितेन्द्र खत्रि/साउन ९, अर्घाखँची । गत साउन ५ गते बिहिबार देखी हराएका युवक काठमाण्डौको बसपार्कमा फेला फेला परेका छन् । 

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालीका वडा नंवर १ फुलवारी का १६ वर्षीय गणेश बेल्वासे घरबाट एक्कासी सम्पर्क बिहिन भएपछि परिवार आफन्तजनले खोजतलासी गर्दै आएका थिए । 

गणेश अर्घाखाँची हुदै काठमाण्डौ गएका थिए । काठमाण्डौमा बस्ने अशोक बेल्बासे सहितको टोलीले गणेशलाई आज बिहान काठमाण्डौको बसपार्क को २ नंम्वर गेटबाट फेला पारेका हुन् । 

गणेशलाई खोजी गर्न धेरै दु ख पाईयो प्रहरी सग पनि खोजी गर्न पटक पटक गयौ तर खोजीको लागी प्रभावकारी कदम नचालेपछि आफन्तजनको सहायता लिदै हामी खोजी कार्यमा लाग्यो र सफल पनि भयौ । 

गणेशले घरबाट भाग्दा दश हजार रुपैया लगेका थिए । अहिले उनि सग जम्मा पन्ध्रसय मात्र बाकी छ दाजु अशोक बेल्वासेले बताउनुभयो । गणेश भेटीएसगै परिवारमा खुसी छाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!