अपडेट: दुर्घटनामा घाईतेहरुको थप उपचारकालागि सेनाको हेलिकप्टरव्दारा काठमाडौ पठाइयो

Posted on: 24 Jul, 2017

कमल पौडेल/साउन ९,बाग्लुङ  बडीगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरि उपचारको लागी काठमाडौं पठाइएको छ ।

घाइतेहरुको अवस्था गम्भिर भएकोले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएको हो । आज विहान भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए ।

गम्भिर घाइते भएका बडीगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आएका भिम वहादुर श्रीसलाई काठमाडौं पठाइएको हो ।

यता सोहि दुर्घटनामा मृत्यू भएका बडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका अन्दाजी ४२ वर्षका हुमेन काउचा, बडीगाड गाउँपालिका वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको घटना स्थल नजिकै ग्वालीचौर स्वास्थ्य चौकीमा पोष्टमार्टमको व्यावस्था मिलाउन डाक्टर बोलाउन लागिएको गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिएका छन् । रणसिंहको घोरघोरे हुँदै जलजलाको वाटो खर्वाङ आउँदै गरेको सो पिकअप बादिपमा दुर्घटना भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!