विराटनगरमा बस दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

Posted on: 24 Jul, 2017

साउन ९, विराटनगर । विराटनगरमा सोमबार एक यात्रुबाहक बस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकै को१ख ४१४ नम्बरको बस दुघर्टना हुँदा विराटनगर–१५ का ४२ वर्षीय सञ्जित सिंहको मृत्यु भएको विराटनगर ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी निरीक्षक मदन गिरीकाअनुसार दुर्घटनामा परी घाइते भएका सिंहको कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!