डडेल्धुरामा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

Posted on: 24 Jul, 2017

साउन ९, डडेल्धुरा । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य डडेल्धुरामा उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ ।

यसअघि मतदाता नामावलीमा छुटेका कारण स्थानीय तहको निर्वाचनमा भोट हाल्नबाट वन्चित भएकाहरु नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा धाइरहेका छन् ।

साउन १ देखि ९ गते अर्थात आज सम्म ४ सय ७१ पुरुष र ३ सय २३ महिला गरि जम्मा ७ सय ९४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत कृष्ण सिंह नायकले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमा सबै भन्दा बढी अमरगढी नगरपालिकाका रहेको उनले बताएका छन् ।

जिल्लामा नेपाली नागरिकता लिएका तर फोटोसहितको नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले उत्साहपूर्वक नाम दर्ता गराइरहेको निर्वाचन अधिकृत नायकले  बताएका छन् । साउन १६ गते देखी ३२ गते सम्म गाउँपालिकामा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने उनले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!