बाग्लुङ जीप दुर्घटना मृत्यु भएका परिवारलाई गाउँपालिकाले नै छुट्यायो राहत रकम

Posted on: 24 Jul, 2017

प्रेम सुनार/साउन ९, गुल्मी । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो । 

तर अहिले सिधै आफ्नो गाउँपालिकाले तत्काल ५० हजार रुपैयाँ जनही छुट्टाउन सक्ने भएका छन् । आज बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनाका मृतकलाई त्यस गाउँपालिका प्रमुख मेयरसिंह पाईजाले मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत रकम दिने घोषणा गरेका छन् । 

त्यस्तै घाईते ६ जनालाई उपचारको अवस्था हेरेर दिने गरी ८ लाख रुपैयाँ छुट्टाएका छन् । यसबाट जनताले अव तत्काल जनताले हिजो राज्यबाट दिने भन्दा ठुलो रकम तत्काल पाउने भए भन्ने उदाहरण मिलेको छ । 

गाउँपालिका प्रमुख पाईजाले तत्काल वाग्लुङ्ग सिडियो संग समन्व्य गरी नेपाली सेनाको हेलिकप्टर मगाई घाईते ६ जनालाई उपचारका लागि काठमाण्डौ  समेत पठाएर छिटो छरितो उद्धारको उदाहरण समेत दिएका छन् । 

आज विहान बडीगाड गाउँपालिका वडा नं ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटनामा मृत्यु हुने ४ जनाको मृत्यु भएको थियो भने ६द जना घाईते भएका थिए ।

उपचारकालागि ग्राण्डी अस्पताल पुराईएका घाईतेहरुलाई ग्राण्डीले स्थाना अभाव भनेर फर्काएपछी वीर अस्पतालमा भर्ना गरी उपचार भैरहेको श्रोतले बतायो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!