दार्चुलामा अत्याधुनिक डिजिटल प्रबिधिको अल्ट्रासाउण्ड मेसिन भित्रीयो

Posted on: 25 Jul, 2017


लोकेन्द्र प्रशाद/साउन १०, जोशी, दार्चुला । जिल्ला अस्पताल दार्चुलामा पहिलोपटक नयाँ अत्याधुनिक डिजिटल प्रबिधिको अल्ट्रासाउण्ड मेसिन भित्रीएको छ । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, आपुर्ती महाशाखाले जिल्ला अस्पताल दार्चुलालाइ उक्त मेसिन उपलब्ध गराएको जिल्ला अस्पताल दार्चुलाका डा. नबराज बास्ताकोटीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा उक्त मेसिन भित्रीए संगै गणस्तरीय तथा प्रभावकारी अल्ट्रासाउण्ड सेवा प्रदान गरिने डा. बास्ताकोटीको भनाई छ । 

हाल जिल्ला अस्पतालमा २ वटा सामान्य अल्ट्रासाउण्ड मेसिन उपलब्ध रहेकोमा थप मेसिन संगै छिटो छरीतो सेवा प्रदान गर्न सकिने उहाको भनाई छ ।

करीव  १५ लाख मुल्य बरावरको उक्त मेसिन अत्याधुनिक प्रविधिको भएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!