ट्राफिक प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल

Posted on: 25 Jul, 2017


साउन १०, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आएका छन् । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।

अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!