यलपाणिनी बहुमुखीमा क्याम्पसमा स्ववियुको बैठक सम्पन्न

Posted on: 26 Jul, 2017


साउन ११, अर्घाखाँची । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसको चौथौ बैठक सम्पन्न भएको छ । 

बैठकले नयाँ शैक्षिक सत्र सँगसँगै क्याम्पसको पोशाक परिवर्तन गर्ने निर्णय गरेको छ । करिव ६०० विद्यार्थी रहेको पाणिनी बहुमुखी क्याम्पसमा सवै विद्यार्थीले अनिवार्य रुपमा कोट, पाईन्ट, सर्ट, टाई र जुता लगाउने निर्णय गरेको स्ववियु अध्यक्ष लक्ष्मण खड्काले बताए ।

त्यस्तै क्याम्पसमा सोलार जडान गर्नका लागी सन्धिखर्क नगरपालिकामा पहल गर्ने, बसपार्क देखी क्याम्पस निस्कनका लागी सिढ्ी बनाउन पनी नगरपालिकामा पहल गर्ने, साउन महिना भित्र क्याम्पस परिसरमा रहेको झाडी सफाई गर्ने, फुलबारी बनाउने, प्रत्येक कलासमा घडी राख्ने पनी निर्णय गरेको छ ।

साथै स्ववियु कार्यालयका लागी टेलिफोन र कम्प्युटर जडान गर्ने पनी निर्णय गरेको छ । क्याम्पसमा सञ्चालनमा आइरहेको कम्प्युटर कक्षालाई अनिवार्य गराई, बजारको सिकाई खर्च भन्दा कम शुल्कमा विद्यार्थीलाई क्मप्युटर कलास सञ्चालन गर्ने पनी निर्णय गरेको कोषाध्यक्ष घनश्याम पौडेलले बताए ।

स्ववियु बैठकमा क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले समयको मागसँगै पोशाक परिवर्तन गर्नुपरेको र सवै विद्यार्थीले अनिवार्य लगाउनुपर्ने बताए । बैठकमा नेविसंघका क्याम्पस अध्यक्ष रुद्रमणि भुसाल, अनेरास्ववियुका ठाकुर भुसाल, अखिल क्रान्तिकारीका सुदिप खनाल, अनेरास्ववियु छैठौका पुष्पा गैरे लगाएत स्ववियु पदाधिकारीहरुको उपस्थित रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!