सिद्धाराका क्यान्सर पिडितलाई ४२ हजार सहयोग

Posted on: 26 Jul, 2017


साउन ११, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका सिद्धाराका क्यान्सर पिडितलाई आर्थिक सहयोग गरिएको छ । 

सिद्धाराका क्यान्सर पिडित यम बहादुर बेल्यासेको उपचारमा केही राहत पुग्ने उद्देश्यले इजरायलमा रहेका सेवा नै हाम्रो धर्म हो भन्ने अभियानका अभियान्ता युवराज थापाले आर्थिक संकलन गरी पठाएका हुन ।

सन्धिखर्कमा एक कार्यक्रम गरी उनको श्रीमती हुमकला बेल्यासे र उहाको छोरी लाक्ष्मी आचार्यलाई बयालिस हजार तिन सय पचासँ सहयोग गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!