मालारानीका मिगौला पिडित खनाललाई ४५ हजार सहयोग

Posted on: 26 Jul, 2017


साउन ११, अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका ४ उपल्लला बडाचौर निवासी २२ वर्षका पिताम्बर खनाललाई आर्थिक सहयोग गरिएको छ । 

घरको अवस्था कमजोर भएका खनालको दुबै मिर्गौला खराब भै काठमाडौंको ग्रिनसिटी हस्पिटलमा उपचार भईरहेको छ ।

पत्रकार कमल विष्टको सक्रियतामा संकलित रकम मंगलबार एक कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी शङकर भुसालको कार्यक्रक्षमा निजका कान्छोबुबा टिकाराम खनाल र विरामीको बैनी अस्मिता खनाललाई निप्रजिअ भुसालले पैतालिस हजार दुई सय हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरणमा निप्रजिअ भुसालले पनी २५०० नगद सहयोग गरे । पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले सहयोग उठाउँन प्रयत्न गर्ने पत्रकार कमल विष्टलाई धन्यवाद दिदै पत्रकारहरु सुख र दुखमा साथ दिईरहेको बताए । 

विष्टले यो अभियान जारी रहने बताउदैं सवैले सहयोग गरी उनको ज्यान बचाउँन आग्रह गरेका छन । उपचारको लागि ठूलो रकमको आवश्यकता परेकोले सबैले सहयोग गर्न घरपरिवारले आग्रह गरेका छन


यस बिषयमा तपाइको प्रतिक्रिया...!