ट्रान्समिटर जलेपछि पौंदीका २५० घरधुरी अँध्यारोमा

Posted on: 26 Jul, 2017

प्रेम सुनार/साउन ११, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्युत सेवा अवरुद्ध बनेको छ ।

नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि  सो वडाका झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएकाछन् ।

ट्रान्समिटर मर्मत सम्भार गर्न लगिएको हुँदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत् परियोजना सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । 

जल विद्युत सुचारु नभएपछि पौदीअमराई क्षेत्रभित्र रहेका कलकारखाना, उद्योग धन्दा, मोवाइल फोन, कुटानी पिसानी, बिजुली बत्ती सञ्चारमाध्यमलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन् ।

वर्षायामको समयमा पहिरोका कारण उक्त लघु जलविद्युत परियोजना वर्षेनी अवरुद्ध हुने समस्याबाट गुज्रिदै आएको छ । 

नव निर्वाचित मेयर सोमनाथ सापकोटाले कार्यभार सम्हालेको सय दिन भित्र मुसिकोट नगर उज्यालो बनाउने घोषणा गरिरहेका वेला बाढि पहिरोले भने चुनौती थपिदिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!