खुर्पा प्रहार गरेर श्रीमानको हत्या

Posted on: 27 Jul, 2017

साउन १२, बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो । 

“हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला पर्यो,” प्रहरी निरीक्षक घिमिरेले भने । विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!