“समाप्त र अलक्षिना” भन्दै फेसबुकमा स्टाटस लेखेर एक युवाले गरे आत्महत्या

Posted on: 27 Jul, 2017

अजयकुमार साह | साउन १२, उदयपुर | फेसबुकमा आफनो स्टाटसमा अलक्षिना र त्यसअघि समाप्त भन्ने शब्द शिर्षक लेखेर त्रियुगा नगरपालिका वडा नं.११ बस्ने अन्दाजी २१ बर्षिय एक युवाले विहिबार मध्यरातमा  आत्महत्या गरेकाछन् ।

शुसिल कोईराला नाम गरेका ति युवाले बिहिबार राति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक पेज शुसिल कोईराला पेजमा उक्त शब्द लेखेर गलामा पासो लगाई झुण्डिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

केही दिन देखि फेसबुक पेजमा निराशाजनक शब्द र साहित्यीक वाक्यहरु लेख्दै आएका कोईराला मानसिक तनाबमा समेत रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए । 

केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका शुसिल पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेको र श्रीमती विहिबार विहान करिब १० बजेको समयमा घर आईपुग्दा कोठा बन्द रहेकोले छिमेकीको साहायतामा ढोका खोल्दा श्रीमान झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

कोइरालाको शव आजै दिउसो पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । उनले बुधबार राति १० बजेर २० मिनेटको समयमा “अलक्षिना” शिर्षकमा यस्तो लेखेका थिए ः 

“मैले गर्दा र म उ सँग नजिक हुँदा उस्लाई नराम्रो हुने रहेछ । जब जब म उ सँग नजिक भएँ तब तब उ कुनै न कुनै भुमरीमा फस्न थाल्यो । हिजो थाहा पाएँ मैले , म उ बाट टाडै बसेको राम्रो भन्ने कुरा । 

म र मेरो यादहरूले सायद उस्लाई कुनै भुमरीमा पो फसाउँछ की ? मेरो सरिर त उ बाट टाडै राखुँला , तर के मेरो मन उ बाट टाडा राख्न सक्छु होला र ..? 

जन्मेको दिन र बार अनी समय त राम्रै थियो मेरो । तर म किन उस्को लागी अलक्षिना बन्न पुगेँ ..... के म सचै नै अलक्षिना हो ।”


फोटोमा: मृतक शुसिल कोईराला


माथिको तश्विर स्क्रिनमा: मृतक शुसिल कोईरालाले आत्महत्या गर्नु अघि लेखेका फेसबुक स्टाटस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!