दम्पती झुण्डिएको अवस्थामा फेला

Posted on: 28 Jul, 2017

साउन १३, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । 

बत्तीस वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाहालसँग बडालको केही महिनाअघि मात्रै विवाह भएको थियो भने उनकी जेठी श्रीमती पनि थिइन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!