पाँचथरमा टाटा सुमो दुर्घटना हुन १४ जना घाइते

Posted on: 28 Jul, 2017

साउन १३, पाँचथर । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् । 

घाइतेमध्ये रमिला खपाङ्गी र उहाँको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । 

फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंको टाटा सुमो विपरीत दिशाबाट आइरहेको गाडीलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मि तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नकुल पोख्रेलले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!