फेवातालमा जीप खस्दा एकको मृत्यु, ५ जना घाइते

Posted on: 30 Jul, 2017

साउन १५, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२६ सेदीबगर नजिकबाट जीप फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पर्यटकीय स्थल पामेबाट पोखरा फर्कंने क्रममा गयराति १० बजेतिर ग.१य. ८७९ नम्बरको जीप दुर्घटना हुँदा भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने ३ जना सामान्य छन् । घाइतेहरुको पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!