उपचार अभावमा छटपटाउँदै संखुवासभाका भुजेल

Posted on: 31 Jul, 2017


साउन १६, संखुवासभा । अभाव र गरिबीका कारण मानिसहरुलाई कति सम्म पिडा हुँदो रहेछ भन्ने उदाहरण हुन संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेल । 

शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो । ३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुरै मुख नै बाङगो भइसकेको छ । क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिईएको छ ।

आर्थिक अभावका कारण उनको उपचार संभव नभएको र अस्पताल सम्म जाने अबस्था समेत नभएको भन्दै उनको परिवारले सहयोगका लागी मनकारीहरु सँग अपिल समेत गरेको छ । 

आफु अत्यन्तै बिपन्न भएका कारण उपचार सम्भव नभएको र आफु बाँच्न चाहेको उनले बताएका छन । भुजेल लाई सहयोग गर्न चहान इच्छुहरुले ९८०५३६८४५३ मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!