मेला भर्न आएका बोलबम यात्रुलाई ट्रकले ठक्कर दिँदा मृत्यु

Posted on: 31 Jul, 2017

साउन १६, महोत्तरी । महोत्तरीको टुटेश्वरनाथ महादेवमा सोमबारे मेला भर्न आएका सर्लाहीका एक बोलबम यात्रुको ट्रकको ठक्करबाट ज्यान गएको छ । 

सर्लाहीको सकरोल-२ बस्ने १७ वर्षका सचिन ठाकुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ टुटेश्वर चोकमा राजमार्गबाट सर्लाहीतर्फ जाँदै गरेको ना६ख ३७१२ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्मासहितको प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको तथा ठक्कर दिने ट्रक र चालक प्रहरी चौकी फुल्जोरको नियन्त्रणमा रहेको जिप्रका महोत्तरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!