पोखरामा डेरा गरी बस्दै आएका बृद्ध मृत अवस्थामा फेला

Posted on: 02 Aug, 2017

साउन १८, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन् । 

स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग ५८ वर्षका लिलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

सोमबार साँझ खाना खाएर सुतेका कुँवर बिहान अबेरसम्म नउठेपछि घरधनी गुरुङले प्रहरीलाई जानकारी गराउनुभएको थियो । 

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!