अलैँची र चियाका समस्यामा सुल्झाउन सञ्जाल

Posted on: 02 Aug, 2017

साउन १८, तेह्रथुम । तेह्रथुममा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्याहरु समाधानका लागि बहस र पैरवी गर्न सार्वजनिक निजी साझेदारी संञ्जाल गठन भएको छ । 

अलैँची र चियासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु, किसान, व्यवसायी र सन्चारकर्मी समेत सम्मिलित सन्जालले श्रमिकहरुका अधिकार, बाल श्रमिक, पारिश्रमिक, बातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता विषयहरुमा पैरवी गर्नेछ । सन्जालले किसान र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाई उत्पादित बस्तुको बजारीकरणमा समेत सहयोग पु¥याउने बताइएको छ । 

उन्नति परियोजनाको सहयोग तथा विश्व परिदृश्य वकालत मन्चको सहजीकरणमा गठित सन्जालको संयोजकमा अलैँची व्यवसायी तुलसीप्रसाद ढकाल र चिया उद्यमी दिलकुमारी लिम्बु सचिवमा चयन भएकी छिन् । 

सन्जालको सदस्यहरुमा कृषि कार्यालय, व्यवसायिक संस्था, संघसंगठनहरु, किसान र सन्चारकर्मी सदस्य छन् । सन्जालले अलैँची र चियाको क्षेत्रको विकास विस्तार र बजारीकरणका लागि समेत सहयोग पु¥याउने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!