बागलुङमा खोलाले बगाउँदा एकको मृत्यु, १५ वर्षीय बालिका अझै बेपत्ता

Posted on: 02 Aug, 2017

साउन १८, बागलुङ । ढोरपाटन नगरपालिका–९ ढोरको नवी खोलाले बगाएकी बालिका बेलकुमारी पुन अझै बेपत्ता छिन् । 

वडा नम्बर–९ कै नवी घर भएकी उनीसहित चार जनालाई आइतबार खोलाले बगाएको थियो । शनिबार पनि नवीखोलामै बगेर स्थानीय राजु विकको ज्यान गएको थियो । उनलाई छारे रोगको समस्या थियो । 

तर्ने क्रममा अचानक लडेपछि उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।  आइतबार खोलाले बगाएका ४ मध्ये ३ जनाको भने सशुकल उद्धार गरिएको छ। ढोरको बुकीबाट घर (नवी) जाँदै गर्दा आइबार बेलुका साढे ४ बजे नवी खोलाको बहाव अचानक बढेपछि आएको बढीले उनीहरुलाई बगएको स्थानीय ईन्द्र शाहीले जानकारी दिए ।  

यस घटनामा बगेकी बेलकुमारी अझै बेपत्ता छिन् । ३ जनालाई भने स्थानीय र प्रहरीले तत्काल सकुशल उद्धार गरेको शाहीले बताए । खोलामा पुल नहुँदा वर्षेनी ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीयले तत्काल पुल निर्माण गर्न  सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!