रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु

Posted on: 03 Aug, 2017

साउन १९, रौतहट । करेन्ट लागेर रौतहटमा एकजनाको ज्यान गएको छ । 

बिहीबार बिहान लाउड स्पीकरको तार जोड्ने क्रममा करेन्ट लागेर बौधीमाई गाउँपालिका–१ अजगैवीटोलका श्याम सुन्दर महतोको ज्यान गएको हो । महतोको घरमा पूजा भइरहेको थियो ।

पूजा गरेको आवाज गाउँलेलाई सुनाउनका लागि महतोले विजुलीको तारमा हुक लगाएर स्पीकरमा जोड्ने क्रममा करेन्ट लागेको हो । 

करेन्ट लागेका महतोलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!