रूखबाट लडेर वडा सदस्यको मृत्यु

Posted on: 04 Aug, 2017

साउन २०, रुकुम । रूखबाट लडेर यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । 

५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उहाँ लड्नुभएको बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!